Featured Posts

<< >>
cloning

के हो त क्लोनिङ ?

क्लोनिङ (Cloning) भनेको कुनै एक जीवको दुरुस्त बंशाणुगत प्रतिलिपि (genetic replicas) निकाल्नु हो । सरल भाषामा भन्ने हो भने एउटा फोटोकपी मेशिनबाट कुनै कागजपत्रको फोटोकपी निकालेजस्तै कुनै एक जीवको प्रतिलिपि निकाल्ने जैविक प्रविधि नै क्लोनिङ हो । क्लोलिङ गर्दा सामान्यतया स्त्रीबाट गर्भाधान नभएको डिम्ब (unfertilized egg) लिइन्छ र त्यसको न्यक्लियस (nucleus) झिकिन्छ । उक्त न्युक्लियसविहीन डिम्बमा जसको क्लोनिङ गर्नुपर्ने हो वा बंशाणुगत फोटोकपी निकाल्नुपर्ने हो त्यसको शरीरबाट कुनै सामान्य कोष अर्थात सोमाटिक सेल (somatic cell) को न्यक्लियस मात्र घुसाइन्छ । तत्पश्चात, उक्त डिम्ब भ्रुणलाई स्त्रीको पाठेघरमा प्रत्यारोपण गरिन्छ, जुन सामान्य लैङ्गिक प्रजननमा जस्तै विकसित हुँदै जान्छ । र अन्तमा नयाँ बच्चाको रुपमा जन्मिन्छन् । Read more

hepatitis

हेपाटाईटिस रोगबारे जानकारी

हालै मात्र तराईका केही भेगहरुमा महामारीको रुपमा हेपाटाईटिस रोग फैलिएकोले धैरै मानिसहरुमा यसबारे जिज्ञाशा उत्पन्न भएको छ । झन् यस रोगले केही मानिसहरुको ज्यान पनि लिएकाले मानिसहरुमा केही त्रास पनि उत्पन्न भएको छ । यसै सन्दर्भमा हेपाटाईटिस रोगबारे जानकारीको लागि यो आलेख प्रस्तुत गरिएको छ । Read more

global_warming

जलवायु परिवर्तन र यसले स्वास्थ्यमा पार्ने प्रभाव

जलवायु परिवर्तन र वातावरण प्रदुषण भन्नासाथ हाम्रो मनमस्तिष्कमा पारिस्थितिक प्रणाली (Ecosystem) मा भइरहेको ह्रास र क्रमिकरुपले वन्यजन्तुको वासस्थानमा भएको परिवर्तनका साथै विभिन्न वन्यजन्तु र वनस्पतिका प्रजातिहरु लोप हुँदै गइरहेको अवस्थालाई बुझ्दछौं । प्राकृतिक वातावरणमा भएको परिवर्तनले वनस्पति र वन्यजन्तुमा मात्र नकारात्मक प्रभाव पारेको छैन, यसले मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । मनिस पूर्णतया वातावरणमा उपलब्ध हावापानी, माटो, खाद्यपदार्थ, खनिजतत्व आदिमा निर्भर रहेको हुन्छ । त्यसैले जलवायु परिवर्तन र वातारण प्रदुषणको नकारात्मक प्रभाव मानिसको स्वास्थ्य र गुणस्तरीय जीवनयापनमा पर्न जान्छ । Read more

green_home

CONCEPT OF GREEN BUILDINGS

Today the world is degrading day by day, be it global warming, green house effect, pollutions or climatic change, we are destroying the earth day by day. Increase in the amount of carbon dioxide, resulting from various human activities have increased the global temperature. This has aided in melting of ice-mountains of polar regions resulted in the increased water level in sea and many other disastrous environmental climatic changes. From the survey data it is known that 40% of   pollution is from the construction industry and 15% from vehicular industry. So, if we can reduce the pollution made by the construction related industries by 5 to 10 %, it means reducing the number of vehicles to nearly half. Read more

panauti_jatra

पनौती जात्रा

रोशी र पुण्यमाताले घेरेको एउटै ढुंगामा बसेको पनौती धार्मिक, संस्कृतिले भरिपुर्ण नगर हो । एक भनाइ अनुसार ईन्द्रकी पत्नी सची स्वयं अदृश्य भै पद्मावती भै रोशी र पुण्यमाता संग मिली त्रिवेणी बनि यस भूमिलाई पवित्र सची तीर्थ बनाइदिएकी हुन् ।
नेवारहरु आफु जहाँ सुकै बसे पनि वर्षको एक चोटी भए पनि आफ्नो नगरको देवदेवीको भावभक्तिका साथ जात्रा गरि भोज खाने चलन छ । प्रायजसो नेवारहरु बली दिई भैरब, भद्रकाली, गणेश, महाकालीजस्ता मांंसाहारी देव देवीको जात्रा गर्ने गर्छन । तर पनौतीमा भने यी रगत र मासु खाने देवी देवीसंग साकाहारी भगवान महादेवको जात्रा गर्ने चलन छ । यहि पनौती जात्राको केही कुरा प्रस्तुत गर्दैछु ।
Read more

did-you-know

रोचक जानकारी

  • माकुराको जालो त्यति नै मोटो स्टीलको तारभन्दा पाँच गुणा बलियो हुन्छ ।
  • विश्वको उत्तरी ध्रुवमा आजसम्म पानी परेको छैन ।
  • सिन्धुघाटी सभ्यताको लिपीलाई पढ्न सकिएको छैन ।
  • अन्टार्कटिकामा हरियो सुर्यास्त हुन्छ ।
  • पेरु देशमा निग्रोहरु सेता हुन्छन् । Read more
palistha-logo

राष्ट्रको चौंथो अंगमा पलिस्था

पलिस्था आफैमा एउटा श्रृजनात्मक पाइला हो । पलिस्थाको पहिलो अंक नियाल्दा यसले पाठकलाई समाजको यथार्थतासंग साक्षात्कार गराउदछ, गराउँदै जानु पर्दछ, जसका लागि म पलिस्था प्रकाशन परिवार लाई शुभेच्छा व्यक्त गर्दछु । यस अभियानका क्रममा पलिस्थाले पनि समाजको यथार्थता संग साक्षात्कार गर्नैपर्ने हुन्छ । Read more

article-image

आर्थिक उत्थान र विकासको महिनाः असार

हरियाली वातावरण, बर्षात, सफा खोलानाला, पानी धमिलो भएपनि बहाव बढ्ने, विवाहको लगन वा साईतको महिना यस्ता अनेकन विशेषता बोकेको यो असार महिना साँच्चै नै सोच्दा पनि रसिलो र पोषिलो महिना हो । हाम्रा धर्मशास्त्र, बेद, बेदाङ्ग र ग्रन्थहरुमा पनि असार महिनालाई समृद्धिको महिना भनिएको छ । ज्योतिष शास्त्रले असारमा जन्मिने मानिस समृद्धशाली हुन्छ भन्दोरहेछ । फेरी असारमा रोपेको जुनसुकै विरुवा पनि सर्दछ भन्ने मान्यता पनि छ । त्यसैले यसलाई बृक्षारोपणको महिना पनि भनिन्छ । Read more

general-awareness

सामान्य ज्ञान – समसामयिक घटनाहरु (लोकसेवा उपयोगी सामग्री)

१.    नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइराला नेपालको ३७ औं प्रधानमन्त्रीका रुपमा कहिले विजयी भएका थिए ?
२.    निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट कहिले राजिनामा दिएका थिए ?
३.    बैंक अफ दि इयर २०१३ को सम्मान नेपालको कुन बैंकले प्राप्त गरेको छ ?
४.    रङ्गभेद विरुद्धका विश्वनेता नेल्सन मण्डेलाको निधन कहिले भएको थियो ? Read more

architecture

वास्तुकलाको विकासक्रम

भवन निर्माण एवं शिल्प विज्ञानलाई वास्तुकला भनिन्छ । वास्तुकलाको शुरुवात मानव सभ्यताको विकाससंगै भएको हो । प्राचिन समयमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँ भौतारिंदै, सिकार गर्दै आफ्नो जीवन निर्वाह गर्दथे । फलस्वरुप उनीहरुले विभिन्न प्राकृतिक समस्याहरुको सामना गर्नुपर्थ्यो । Read more